आज बालाचतुदर्शी पर्व

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर-१३,

pashupatinath-temple1-750x502मङ्सिर कृष्ण चतुदर्शीका दिन सोमवार यसवर्ष दिवंगत हुनेका आफन्तजनबाट मोक्षको कामना गर्दै श्लेषमान्तक वनको भागलभुगल क्षेत्र र कैलाश डाँडामा शत्वीज छरेर बालाचतुदर्शी पर्व मनाउँदैछन् । बालानन्द नामका राक्षसले मलामी भक्षण गर्न थालेपछि उनैको मीतले बालानन्दको बध गरेको र मीतको हत्यामा पछुताएका मीतलाई महादेव प्रकट भई भागलभुगलमा शत्वीज छर्दा पाप मुक्त होइन्छ भन्ने आज्ञा भएबाट यहाँ शत्वीज छर्न थालिएको हो भनिन्छ। यही पर्वको सन्दर्भमा आइतवार पशुपतिनाथका साथमा रहेको नागमणि, नीलमणि, एकमुखे रुद्राक्ष, गजमणि, गजदन्तमणि, पशुपतिनाथको कवच सर्वसाधारणलाई अवलोकन गराइएको छ ।

चतुदर्शीको एकदिन अघि र एकदिनपछि यी दुर्लभ सामग्री अवलोकन गराई ढुकुटीमा वर्षदिनकालागि थान्को लगाउने चलन छ । यसै अवसरमा पशुपतिनाथको मन्दिरको माथिल्लो तलामा रहेको ढुकुटी खोल्ने र भक्तजनले ढुकुटी दाखिला गर्ने गरी चढाएका भेटीको सुन खरिद गरी दाखिला गर्ने प्रचलन छ ।