सल्यानी कलाकारको आयोजनामा सल्यानी कलाकार समुह नामक समिती गठन

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाडौ – मंसिर 12 
15240287_1194493340630907_1870707275_nसल्यानी कलाकारहरूको आयोजनामा हिजो काठमाडौंको नयाँ बसपार्क भएको भब्य अनि सब्य सांस्कृतिक कार्यक्रम तथा भेलाको नयाँ कार्यसमिती चयनसम्पन्न भएको छ । उक्त समारोहमा वाध्यबाधक तथा गायक सल्यानी सर्जक खर्क बहादुर बुढाको प्रमुख अध्यक्षतामा ११ सदस्यीय पधादिकारि सहितको केही सदस्य चयन् गरेको छ । जस अनुरुप ५ उपाध्यक्षहरु चयन गरिएको छ चयन पदमा डम्बर नेपाली, कृष्ण रेउले, ललित केसी, नेत्र भण्डारी, चन्द्रा चलाऊने रहनु भएको छ ।

यसै गरि माहा-सचिबमा जनक भण्डारी अनि सचिब हरुमा रामु खड्का र शक्ती चन्द, र कोषअध्यक्ष टोपेन्द्र ओली र सहकोसाध्यक्षमा शुसिला डाँगी लगायत सद्स्य हरुमा बलबिर चलाऊने, यमुना चन्द, गंगा घर्ति, हेमराज डाँगी, यज्ञ बिक, भरत परियार्, गणेश डाँगी रहनु भएको छ । सल्यानी कलाकार समुह नाम राखिएको उक्त समिती सल्यान जिल्लाको कलासंस्कृति लाई सम्रक्षन , सम्बर्दन र प्रबर्दन गर्न लागि पर्ने छ । ललित केसी को अध्यक्षता, बरिस्ठ लोक गायक दामोदर बटुवा को प्रमुख आथित्यता र पूर्व सांसद नेत्रलाल श्रेष्ठ को बिशिस्ट आथित्यता मा भएको कार्यक्रमको संचालन समुहका माहासचिब जनक भण्डारीले गर्नु भएको थियो ।

सयौ सल्यानी हरुको सहभागितामा मित्रनगर स्थित ३६५ पार्टी भेन्यु मा भएको कार्यक्रममा स्वागत मन्तब्य समुहका कोशाध्यक्ष टोपेन्द्र ओली ले दिनु भएको थियो भने कार्यक्रममा दर्जनौ सल्यानी कलाकारहरु संगै चर्चित मोडेल तिर्सना बुढाथोकी, सिर्जु अधिकारी सालैजु गायिका कल्पना गूरुङ् र मेरिबासै कि हाँस्यकलाकार शुसिला निरौला बिम्ली लगायतले उपस्थित दर्शकहरुलाई मनोरन्जन दिनु भएको थियो ।