राजनीतिक भाषण बाट दिक्क भएका आम नगारिक नागरिक समुहको कर्यक्रममा बाट रास्ट्रप्रेम प्रति उत्साहित

By प्रकाश धिताल     

केकेछ डटकम – काठमाण्डौ – मङ्सिर ११ 

nagarik-samuha-768x513

नागरिक समुहले आयोजना गरेको राष्ट्रनिर्माणका लागि आम नागरिकको भूमिका विषयक कार्यक्रममा बक्ताहरुले नेताहरु राष्ट्रियता र विकासप्रति इमान्दार नभएको भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा बक्ताहरुले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सहिष्णुता, राष्ट्रिय एकता, विकास तथा समृद्धि , राजनीतिक स्थायित्व एवम् असल राजनीतिक संस्कार र समृद्ध राष्ट्र नेपाल निर्माणको लागि दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका अन्तरिम चुनावी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सहिष्णुता, राष्ट्रिय एकता, विकास तथा समृद्धि , राजनीतिक स्थायित्व एवम् असल राजनीतिक संस्कार र समृद्ध राष्ट्र नेपाल निर्माणको लागि नागरिक समुहले खेलेको भूमिकाको उच्च प्रशंशा गर्दै असल संकार निर्माणका लागि समुहले सरकार तथा राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिनु जरुरी रहेको बताए ।

उनले अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएको बताउँदै भने, ‘संविधानको कार्यान्वयनको र समृद्धिको मार्ग अघि बढाउनुपर्ने महत्वपूर्ण एवम् चुनौतीपूर्ण एजेण्डा हाम्रा सामु छ । संविधान कार्यान्वयनको लागि आधारभुत संरचनाको निमित्त समय सीमा लिएर हामी हिंडेका छौं ।’ २०७४ साल माघ ७ कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गरिनु पर्ने अवस्था रहेको भन्दै त्यसप्रति राजनीतिक दलहरु संवेदनशील बन्नुपपर्नेमा जोड दिए ।

यसैगरी विवादास्पद पूर्व सेनापति रुकमांगद कटुवालले राष्ट्रियताको पक्षमा सबै एकजुट हुनुपर्नेमा जोड दिए भने एनआरएनका उपाध्यक्ष भवन भट्टले विदेशको विकासबाट नेपालले पनि सिक्न जरुरी रहेको औंल्याए । यसैगरी समुहका अध्यक्ष निगम हुमागाईँले देशलाई विकास र समृद्धितिर लैजानसक्ने नेतृत्वको खाँचो रहेको औंल्याउँदै अहिलेका नेताहरुबाट त्यो सम्भव नभएको दाबी गरे । समुहका महासचिव जयराम सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उपेन्द्र हुमागाइँले स्वागत मन्तब्य दिएका थिए भने युवा उद्यमी अनुज थापाले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल, राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्र थापा, सेनाका बहालवाला तथा पूर्व जर्नेलहरु, नेपाल सरकारका पूर्वसचिव, पूर्वराजदूहरुलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा शारीरिक अशक्तताका बीच पनि नेपाली सेनामा रहेर देश र जनताको लागि अहोरात्र खटिरहेका उपरथी रमिन्द्र क्षत्रीलाई कार्यक्रममा राष्ट्रियसम्मान सहित नागरिक अभिनन्दन गरिएको थियो ।तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा उनी अपांग बन्न पुगेका थिए ।

साभार : जिस्टखबर