नायिका उषाले कसिन् लगनगाँठो

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर १०,

timthumbअभिनेत्री उषा पौडेल तथा अभिनेता सुधांशु जोशी बिबाहबन्धनमा बाँधिएका छन्। उनीहरूले बिहिबार अमेरिकाको बाल्टिमोरमा हिन्दु परम्परा अनुसार बिबाह गरेका हुन्। उनीहरूको बिबाहमा हाल अमेरिका बसिरहेका नेपाली फिल्मकर्मी पनि सहभागी भएका थिए। बिबाहमा नायिका ऋचा घिमिरे परिवार सहित सहभागी भएकी थिइन् भने झरना थापा दम्पत्ती, अरुणीमा लम्साल, पूजा चन्द पनि उहरूको बिबाहमा उपस्थित थिए।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति ‘मुना मदन’बाट ‘मुना’ बनेर नेपाली रजतपटमा डेब्यू गरेकी उषाले केही भारतिय टिभी श्रृखंलामा पनि काम गरेकी थिइन्। नेपाली फिल्ममा उल्लेखनिय प्रगती नभएपछि मुम्बई हानिएकी उनी केही समयदेखी अमेरिका बस्दै आएकी छन्।उषाका पति सुधाशु जोशी पनि केही नेपाली फिल्ममा अभिनय गरेपछि अमेरिका भाषिएका थिए। उनले ऐतिहासिक फिल्म ‘सिमारेखा’मा मुख्य अभिनेता थिए।