जगदिश समालको ‘आज पनि’ को म्युजिक भिडियो सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर १० 

15218587_1292086180835559_2052096171_nगायक जगदिश समालको नयाँ आधुनिक गीत ‘आज पनि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक जोयले बनाएको म्युजिक भिडियो आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

जगदिश समालको सुमधुर स्वरमा रहेको गीत आरबी खड्काले लेखेका हुन् भने संगीत अर्जुन रसाइलीले भरेका छन् ।

चन्दा सिंहले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, अनु शाह र बालकलाकार रयन बिष्टले अभिनय गरेका छन् । मनोज बिष्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् । समालले सात वर्षपछि गाएको गीतको म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

हेरौ भिडियो