भोकालाई खाना पाउदा र जाडोले काम्दै गरेको मान्छेलाई एकसरो लुगा लगाईदिन पाउदा भिन्नै अनुभूति –देबी डेभिड आचार्य

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर १० 

15231553_1301680033228722_277033107_o

परिस्थीतीले पाँचथरबाट उडाएर टेक्सास पुर्यायो मलाई । समयले नेपाली नागरीकता खोसेर अमेरीकी नागरीकता थमाईदियो । समय यत्ती छिटो वित्दोरहेछ । हेर्दा हेर्दै कतिबेला मलाई समयले नेपाली बाटअमेरीकन बनाईसकेछ ।

लगभग २६ वर्ष अगाडी सन १९९० सालको कुरा हो । नेपालमा मास्टर्स पढ्दै थिएँ । रोजीएको पढाई भन्दा खोजीएको सुनौलो भविष्यको चाहले डोर्याउने रहेछ मान्छेलाई । अमेरीकामा पढेमा भविष्य केही त सुनौलो होला भन्नेहुटहुटीले मलाई जहाज चढायो । म विद्यार्थी भिषामा अमेरीका आईपुगें र युनिभर्सीटीमा पढाई जारी राखें ।

जति बेला म अमेरीका आईपुगें त्यती बेला यहा नेपाली हरुको संख्या निकै न्युन थियो । केही सय या बढीमा हजारको संख्यामा हुदाहुन । अहिलो लाखौंमा छुट्टै समुदाय तयार भैसक्दा त सामाजीक रुपमा एक्लै महसुस हुन्छ योठाउँमा । अझ त्यो अवस्था कस्तो हुदोहो पाठक हरुले सहजै अनुभव गर्न सक्नुहुन्छ । निकै फरक वातावरण मा अत्यन्तै एक्लो जिन्दगी ब्यतीत गरेको तितो यथार्थ बोकेर यो स्थान सम्म म आईपुगेको छु ।

हुन त गौतम बुद्द पनि मान्छे कीन मर्छ किन दुखी हुन्छ भन्ने कौतुहलता मेटाउन राजपाठ त्यागेर निस्केका थिए । सन २००६को संघारमा आईपुग्दा समयले मलाई जिवन र जगतको बारेमा निकै अनुभवी बनाईसकेको थियो । नेपालमा रहदै मलाई घरबार विहीन हरुको दयनीय अवस्थाले निकै भाबुक बनाउथ्यो । फेरी फेरी नेपाल जाँदा बाटोमा देखीएका घरवार विहीनहरुलाई हाम्रो समाजले गर्ने ब्यवहार र हेयको दृष्टीकोणले हेर्ने परम्पराले मलाई निकैदुखी बनाउथ्यो ।

केही न केही परिस्थीती प्रतिकुल नभईकन मान्छे घरवार विहीन हुदैन । सभ्य समाजमा सभ्य भाषामा घरबार विहीन (होम लेस) भन्छन मान्छेहरु । हाम्रो परम्परा र चल्तिको भाषामा भिखारी,खाते ईत्यादी भनेर हेलत्वका शब्द हरुद्वारा बोलाईने प्रचलन रहि आएको छ । खाते या भिखारी जे भने पनि तिनीहरु घरबार विहीन हरु हुन। घरबार भनेको परिवार हो । कोही परिवार भएरै प्रतिकुल परिस्थिती संग जुध्न नसकेर घरबार विहीन भएका हुन्छन । कोहीपरिवार साँच्चै नभएर र अन्त जाने ठाउ पनि नभएर अनी आफु संग केही गरिखाने बाटो समेत नभएर घरबार विहीन भएका हुन्छन तर समाजले उनिहरु सबैलाई यौटै श्रेणीमा राखेर नामाकरण गरिदिन्छ त्यो दुखदायी कुराले मलाईहोमलेस हरुकोलागी केही गर्ने प्रेरणा जागेको हो ।

नेपाल आउदा सडक बालबालीका हरुको अवस्थाले झस्कीएको म अमेरीका फर्कीएपछी त्यहा पनि घरबार विहीनहरु रहेको र नेपालका घरबार विहीन हरु भन्दा अमेरीकन घरबार विहीनहरुको अवस्था झन दयनिय रहेको देखें। मानव सेवा त आखीर पुण्यकै काम हो । यो संसारका जुन स्थानमा रहेका मान्छेको सेवा गरेपनि आखीर मानव सेवा नै हो । मनमा यस्तो सोच आएपछी मैले आफु कार्यरत क्षेत्रका घरवार विहीन हरुको लागी त्यही केही गर्ने अठोटगरें ।

यहा नेपालमा जस्तो सजीलो छैन । नेपालमा हामी जतिबेला जहाँ जसरी जस्को पनि सहयोग गर्न सक्छौं । त्यहा गुण र दोष छुट्याएर न्याय गर्ने प्रचलन बाकी छ । अमेरीकामा हामी चाहदैमा कसैको सेवा तुरुन्तै गर्न सक्दैनौं ।कानुनी जटिलता हरुको कारण मानविय समवेदना थिचीएको मुलुक हो यो । मलाई समाज सेवा र मानव सेवा सुरु गर्नको लागी तुरुन्तै यौटा सामाजीक संस्था को आवस्यकता महसुस गरें जसको फलस्वरुप एचडीएनपीइन्टरनेसनल नामक संस्थाको स्थापना भयो । यो संस्था नेपाल र अमेरीका दुबै देशमा दर्ता छ र दुबै देशमा सकृय पनि छ । जस मार्फत अहिले म लगातार सामाजीक कार्यमा क्रियाशील हुन सकेको छु ।

अहिले प्रत्येक महिनामा क्याम्प स्थापना गरेर हामी अमेरीकाका विभीन्न स्थानमा रहेका घरबार विहीन हरुलाई खाना खुवाईरहेका छौं । भोका लाई खाना खुवाउन पाउदा र जाडोले काम्दै गरेको मान्छेलाई एकसरो लुगालगाईदिन पाउदा मलाई भिन्नै किसीमको आनन्दको अनुभुती हुन्छ । अनी रगतको अभाबले सिकीस्त विरामीहरुले मर्न नपरोस भन्ने पवित्र उद्देश्यका साथ हामी ३/३ महिनामा रक्तदान सिवीर समेत संचालन गरिरहेका छौ ।

समाज सेवा या मानव सेबा मेरो धर्म हो । पसुपतीमा रहेको वृद्दाश्रम लाई रेगुलर सहयोग उपलब्ध गराउने मेरो ब्यक्तिगत पहल जारी छ । अहिले सम्म संस्था सन्चालनको लागी अथवा घरबार विहीनहरुको सेवाको लागी भनेर कहींकतै बाट एक डलर सम्म पनि सहयोग लिएको छैन । आज सम्म भगवानले दिएको मेरो भागमा जती परेको छ त्यसैले चलाउदै आईरहेको छु ।

भुकम्पले नेपालमा धेरै क्षती पुर्यायो । अकल्पनिय दुख र पिडामा पिल्सीएका छन कती नेपाली दाजुभाई दिदीबैनीहरु अहिले पनि । हामी नेपालमा हाम्रो उपस्थीती लाई ब्यापक बनाउने योजनामा छौं । आगामी जनवरी पछी सिंधुपाल्चोकको बाह्रविसे लाई आधार मानेर त्यस क्षेत्र वरपरका सबैभन्दा विपन्न र भुकम्प पिडीत परिवार खोजेर कमसेकम १० वटा घर निर्माण गर्ने हाम्रो लक्ष बनाएका छौं। विपन्न परिवारलाई घर ले ओत त दिन्छ तरजिविकोपार्जनकोलागी कुनै ब्यवस्था नगरिदीएसम्म उनीहरु पुन: घरबार विहीन हुने अवस्था आईरहने कारणलाई मध्येनजर गर्दै हामीहरु उनीहरुको आयश्रोतको बढोत्तरीकोलागी पनि काम गर्न गईरहेका छौं ।

विपन्न परिवारहरुको आवस्यकतालाई केलाएर हरेक घरमा एक एक वटा होलष्टीन या जर्सी गाई प्रदान गर्ने र त्यही गाईको दुध बेचेरै उनिहरुले परिवार र आफ्नो लागी केही गर्न सकुन भन्ने मनसाय अनुसार काम सुरु गर्नगईरहेका छौं ।

अर्को कुरा विपन्न परिवार हरुलाई अशीक्षाले पनि नराम्रो संग गाँजेको अवस्था छ । बस्न लाई घर र उपार्जनको लागी खेती या पशुपालनमा सघाएपछी उनिहरु स्थापीत हुने संभावना बलियो हुन्छ तर त्यो स्थापित अवस्था लाईदिर्घकालीन बनाउनको लागी नभई नहुने कुरा शिक्षा हो तसर्थ विचमै स्कुल छोडेका या स्कुल नै नगएका ति विपन्न परिवारका बाल बच्चा हरुको शिक्षा दिक्षा हाम्रो प्रमुख लक्ष्य हो । यो जनवरी लगत्तै हामी यी तिन वटा कुराहरुलाई संगसंगै अगाडी बढाउनेछौं । सुरुवातमा १० वटा घर,१० वटा पशु र १० जना वच्चाहरुको शिक्षा दिक्षा हाम्रो लक्ष हुनेछ र विस्तारै यो योजना लाई बढाउदै लैजाने छौं ।

अहिले हाम्रा योजनाहरु पुरा गर्नको लागी प्रशस्त बजेट छैन । तमाम अभावका बाबजुद हामी यो काम जसरी पनि फत्ते गराउने योजनामा छौं । मैले अहिले सम्म गरेको कामको मुल्यांकन गरेरै पनि केही साथीहरुले सहयोग गर्नेवचन दिनुभएको छ । हामी आफै पनि फण्ड राईजीड•को लागी विभीन्न कार्यक्रम हरु गर्दैछौ । हामीले निर्माण गरेको डकुमेन्ट्री छिटै प्रदर्शनीमा आउदैछ । त्यी समयमा विभीन्न राष्ट्रीय कलाकारहरुको सहयोगमा साँस्कृतीककार्यक्रम गर्ने योजनाको लागी कलाकार साथीहरु संग सहकार्यको छलफल भईरहेको छ । अनी अमेरीका मै पनि नेपाली साँस्कृतीक कार्यक्रमहरु गर्ने विषयमा नेपालका वरिष्ठ कलाकारहरु संग छलफल भईरहेको छ ।सबै साथीहरुको साथ र सहयोगले हाम्रो परियोजनाले मुर्तरुप लिनेछ भन्ने कुरामा म विश्वस्त छु ।

अन्त्यमा हामी नेपाली भनेका मानव सेवाको लागी जहिले पनि जुनसुकै परिस्थीतीमा पनि तयार हुने जाती हौं । संसारको जुनसुकै कुनामा बसेर पनि गर्न सकीन्छ मानव सेवा । दुखी हरुको सेवा र मानवियताको बचाउको लागी आउनुस हातेमालो गरौं । मानव सेवाले आत्म प्रशन्न हुन्छ र अगाडीको बाट भगवानले आफै निर्माण गरिदिनेछन । दान गरेर सम्पत्ती घट्दैन। सेवामा गरेको लगानी दुगुना भएर कुनै न कुनै रुपमा फिर्ता हुन्छ । सबैभन्दा ठुलो कुरासेवा पश्चात पाईने आत्म संतुष्टी हो जुन रुपैया या डलरमा किन्न पाईदैन त्यो संतुष्टी अनमोल हुन्छ ।