टंकको “हासु कसरी माया हासु कसरी ” बोलको नया गीतको अडियो बजारमा

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर ०९ 

hhhनेपाली गीत संगीतको बजारमा पछिल्लो समय चर्चामा रहने नाम हो टंक बुढाथोकी । पछिल्लो समयमा गीत संगीतमा नया नया प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको बिल्कुलै नया गीत बजारमा आएको छ ।

टंकको “हासु कसरी माया हासु कसरी ” बोलको नया गीतको अडियो बजारमा आएको छ ।दर्शक तथा स्रोतको लागि जसले यस गीतको उत्कृस्ट कभर गीत निर्माण गर्छ उस्ले एउटा नया गीतमा स्वर दिनुको साथै नगद रु पचिस हजार समेत प्रदान गरिने भएको छ । पछिलो समय चलचित्र र आधुनिक थुप्रै हिट दिएका टंक बुढाथोकीले “हासु कसरी माया हासु कसरी ” को गीत बिल्कुलै फरक हुनुको साथै दर्शक तथा स्रोतको मन जित्ने समेत उहाको विश्वास रहेको छ ।

पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नया गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको बताउनु भयो । नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गर्नु भएको हो ।

हेरौ भिडियो