बाबुको फिरन्ते प्रेमले गायिका योजनाको “आँखामा आँशु (भिडियो सहित )

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर ०८

15182447_1263568007038861_73755653_o

बिछोडको पीडाले जो कोहि रुन्छ , अझ आफ्नो मान्छे अरुका कारण सदाको लागि आफूबाट टाढा जान्छ भने त्यो अबस्थाको पिडा सब्दमा व्यक्त गर्न नसक्ने खालको हुन्छ । बिछोडको पिडामा पिल्सीयर जिउनुको ब्यथा लाई समेटेर तयार गरिएको एक भिडियो हालै रिलिज गरिएको छ । दामोदर गौतमको शब्द , रियाज सिवाकोटीको संगीत अनि योजना पुरीको आवाजमा रहेको गीत “आँशु झर्यो आँखाबाट तिम्रो यादमा ,पिडा बढ्यो मुटु भित्र तिम्रो यादमा ” को म्युजिक भिडियो हालै युटुब मार्फत सार्बजानिक गरिएको हो ।

श्रीमतीको आखा छली परायसंग श्रीमान नजिकिदा श्रीमान नै गुमाउदको पिडा लाई भिडियो मा प्रस्तुत गरिएको छ । भोला दीप यात्रीको निर्देशनमा तयार भएको भिडियोलाई सन्तोस तुम्बाहाम्फेले खिचेका हुन् । बाबुराजा शाक्य , स्मृति पण्डित , रोशन तिमल्सिना लगायतका कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् ।

हेरौ  भिडियो