जापानमा शक्तिशाली भूकम्प

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ७,

जापानको उत्तरपूर्वी फुकुसीमा प्रान्तमा आज बिहान नेपाली समयअनुसार बिहान ३ बजेतिर ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पपछि त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको थियो। मौसम विभागको अनुमान भन्दा पनि तीन गुणा भन्दा ठूलो छाल आएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ । जापानमा शक्तिशाली भूकम्पपछि १० फिट अग्लो सुनामी आएको छ । सुनामीको खतरा अझै नटरेको मौसमविद्ले बताएका छन्।

सुनामीबाट भएको क्षतिको विवरण भने आउँन बाँकी छ।