गायक सुनिल मगरको नसालु नयन सार्वजनिक

By प्रकाश धिताल     

केकेछडटकम-प्रकाश धिताल-काठमाडौं-मङ्सिर ७,

गायक सुनिल मगरको सुमधुर स्वरमा नशालु बोलको गीत तथा भिडियो बजारमा आएको छ । राज शाहीको शब्द र संगीत रहेको गीतमा संगित संयोजन गोपालले गरेका छन् । गीति भिडियोमा हट मोडलको रुपमा आफ्नो पहिचान बनाएकी माला लिम्बु र रोशन श्रेष्ठको मोडलिङ रहेको छ । जसको निर्देशन निकेश खड्काले गरेका छन् । गीति एल्बममा बिनय केटु, राज शाही र गायक सुनिलको संगित तथा शब्द रहेको गीतहरु समावेश छ । गायक सुनिल २०६८ मा नुवाकोट आइडलसमेत भइसकेका छन् । युय्ट्युवमा राखेको छोटो समयमा नै गीतले निकै चर्चा बटुलेको छ । साथै म्युजिक भिडियोलाई समेत धेरैले मन पराएका छन् ।

हेर्नुस् भिडियोः