राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको घोषणा

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ६,

raparpa-yakata-3-650x488संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आयोजित विशेष समारोहमा राप्रपा र राप्रपा नेपालीबीच एकीकरण भएको घोषणा गरिएको हो । समारोहबाट एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ ।

एकीकरण घोषणा भएसँगै पशुपति शम्शेर राप्रपाको राष्ट्रिय अध्यक्ष घोषित भएका छन् भने कमल थापालाई पार्टी कार्यकारी अध्यक्ष बनाइएको छ । पार्टीको झन्डा राप्रपा नेपालको राखिएको र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने कुरा विशेष समारोहबाट जानकारी दिइयो । महाधिवेशन तीन महिनाभित्र हुने सहमति भइसकेको छ । संसदमा चौठो ठूलो दलसहित एकीकरणपछि राप्रपाको ३७ सिट कायम भएको छ ।