कांग्रेस नेता पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटना

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ६,

ramchandraनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गर्दा पौडेल चढेको बा च ७५५५ नम्बरको गाडी टाढा भन्ने ठाउँमा सोमबार बिहान स्टेरिङ फेल भएर दुर्घटनामा परेको हो ।दुर्घटनाग्रस्त गाडीमा सवार सबै यात्रु सकुशल रहेको र अर्काे गाडीमा गन्तव्यमा पठाइएको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए । उनका अनुसार स्टेरिङ फेल भएर गाडी सडकबाट खेतमा गएर ठोक्किएको थियो । गाडी निकाल्ने प्रयास भइरहेको छ ।