सरकार धरहरा निमार्ण गर्नुभन्दा पहिले शौचालय बनाउ

By प्रकाश धिताल     

केकेछ डटकम – परिवार -काठमाण्डौ – मङ्सिर ०४ 

15151108_1015114805301109_1123837984_nआज नोभेम्वर १९ तारिख बिश्व शौचालय दिवश । शौचालय र जीवनयापन या जागिर भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम गरि मनाइएको छ । सरसफाई र ब्यक्तिगत स्वास्थ्यका लागि शौचालयको महत्वको बिषयमा छलफल गर्दै आजको दिन विश्वले शौचालय दिवस मनाएका हुन् ।झाडापखाला, हैजा र अन्य मलमुत्रबाट फैलनसक्ने संक्रमण नियन्त्रण गर्ने उदेश्यले नेपालमा यो दिवश मनाउन थालिएको हो । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक मानिसमा शौचालयको पहुँच पु¥याउने लक्ष्य लिइएको छ । शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम जे भने पनि मानव जीवनशैली र सरसफाईका लागि चर्पीको आवश्यक्ता अपरिहार्य रहेको छ ।

चर्पीको प्रयोग आधारभुत आवश्क्तता पर्दछ । नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शौचालय प्राथमिकतामा पर्न सकेको छैन । काठमाण्डांै उपत्यका जस्तो महानगरपालिका खुल्ला दिशामुक्तm क्षेत्र घोषणा नहुनु अत्यन्तै लजास्पत बिषय भएको भन्दै सरकारले धरहरा निमार्ण गर्नुभन्दा पहिले वातावरण सफा राख्नका लागि शौचालय निमार्ण गर्नुपर्नेमा जोड छ । विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन छन । अझै पनि विश्वका लगभग अढाई करोड मानिसले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ । १० मध्ये एकले अझैपनि शौचालयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनले देखाएको छ ।

सुरक्षित चर्पी तथा खानेपानी अभावमा झाडापखालाजस्तो सामान्य रोगबाट मृत्यु हुने बालबालिकाको दर उच्च छँदैछ । सर्वसाधारणले ब्यतिगत सरसफाइमा ध्यान दिने हो भने फोहोरबाट सिर्जित रोगबाट सजिलै बच्न पनि सकिन्छ । शौचलयको प्रयोगका लागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक वहिष्कारसम्म गर्ने ह्वीम श्रृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले व्यापक भूमिका खेलेका छन् । तर अझै पनि कतिपय परिवारले शौचालय बनाउन सकेका छैनन । बनाएकाले पनि सही प्रयोग गर्न सकेका छैनन । सबै नेपालीमा आधारभूत सरसफाई पु¥याउने अभियान चलिरहेको छ । नेपालका ३८ जिल्ला खुला दिसामुक्त घोषणा पनि भईसकेका छन । तर नेपालको राजधानी अनि नेपालको एक मात्रै महानगर काठमाडौंले त्यो हैसियन बनाउन सकेको छैन । त्यो बाटोमा हिंड्न प्रयासरत छ ।

दिगो खानेपानी र सरसफाइ विकासको कार्यक्रमले नेपालमा रोजगारीको अवसरलाई अझै खुला गर्नेछ भने सरसफाइको क्षेत्रमा भएको प्रगतिले मानिसको उत्पादन क्षमतामा वृद्धि गर्नेछ । कमजोर सरसफाइको कारणले हुने सबै प्रकारका हानि—नोक्सानीहरूलाई घटाउन सबै लाग्नु पर्दछ ।