दिलिप योञ्जनको एकल एल्वम ”अजम्बरी” सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर ०४ 

ajambariगीतकार दिलिप योञ्जन तामाङ्को एकल एल्वम अजम्बरी सार्वजनिक भएको छ । वरिष्ठ गीतकार कृष्णहरी बराल, विपिन किरन, संगीतकार लक्ष्मण शेष र अमृत योञ्जनले यो एल्बम लाई संयुक्त रुपमा विमोचन गरेका हुन् । म्यूजिक जोय मिडियाले बजार व्यवस्थापन गरेको यस एल्बममा ६ वटा गीत समावेश छन् ।

एल्वममा गाजलु ती नयनभित्र, तिमी भन्थ्यौँ हाम्रो माया, फूल सरी फुलुँ भन्थे, न बोले नी हाँसी देउ न, लुटेर कहाँ लुटिन्छ भाग्य, कहाँ फूल्छ र फूल जस्ता गीतहरु रहेको छन् जसमा चर्चित गायक गायीकाको आवाज रहेको छ । ।