लेकबेँशी साहित्य सञ्जालद्धारा धादिङको महाकाली विद्यालयलाई पुस्तक हस्तान्तरण

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर ०३ 

20161118_124848-768x450

धादिङको भुमेस्थान ६ सिम्लेमा रहेको महाकाली उच्च माध्यमिक विद्यालयमा पुस्तक हस्तान्तरण तथा रचना वाचन कार्यक्रम भएको छ । “कुना कन्दरामा सर्जक र सिर्जनाको चिनारी लेकबेशी साहित्य सञ्जालको मुख्य जिम्मेवारी” भन्ने मुल नाराका साथ लेकबेशी साहित्य सञ्जाल काठमाण्डौँको आयोजनामा भएको कार्यक्रममा विद्यालयलाई ८० वटा पुस्तक हस्तान्तरण गरिएको छ ।

सञ्जालको अभियान अन्तर्गत विद्यालयमा कार्यक्रम आयोजना गरी साहित्यका सम्पुर्ण विधा समेटीएको पुस्तक सहित अन्य महत्वपुर्ण पुस्तक पनि हस्तान्तरण गरिएको सञ्जालकी अध्यक्ष बिन्दा खतिवडाले बताईन् । उनले आगामी दिनमा निकट देखी विकट सम्म रहेको विद्यालयहरुमा पुस्तक वितरण गरिने पनि जानकारी गराईन् ।

lb2-768x326

सञ्जालकी अध्यक्ष खतिवडा सहित परिवर्तन देवकोटा, प्रिय मिलन, नोहन रसिक, दिपक रिमाल, सचिन सरोवर “पेन्सिल हराएको मान्छे”, सँरक्षक रुपक, हरि ढुङ्गाना, शिवम् भण्डारी, सरोज पाठक, असिम त्रिपाठी, प्रदिप पोखरेल, नविन त्रिपाठी कार्यक्रमको लागि काठमाण्डौँबाट आएका थिए ।
कार्यक्रममा लेकबेशी साहित्य सञ्जालका साहित्यकार तथा विद्यालयका विद्यार्थी एवम् शिक्षकहरुले गजल, मुक्तक, कविता वाचन गरेका थिए ।

beautyplus_20161118134554_fast-696x497विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिव प्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रममा अनलाईन पत्रिका नागरिक पाटी डटकमका सँवाददाता तथा रेडियो राजमार्गका सञ्चारकर्मी शिवराज आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।