आज राती देखी भोलिसम्म टेलिकमका मोबाइल सेवा अबरूद्द हुने

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर ३,

ntc-buildingशुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा प्रभावित हुने भएका छन् । आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो ।एक सूचना जारी गर्दै टेलिकमले शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी शनिबार टेलिकमका ग्राहक सेवा केन्द्रसहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने छ । टेलिकमले सिस्टम म्यानेजमेन्टका क्रममा सेवा अवरुद्ध हुँदा पर्नसक्ने असुविधाप्रति माफी मागेको छ ।

ntc-notice