गायक सुरजकुमार र गीतकार नव तिम्सिनाको एकल एल्वम क्यानभास सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – मङ्सिर ०२

15151215_1284512584926252_1154745997_n

गायक सुरजकुमार थापा र गीतकार नव तिम्सिनाको एकल एल्वम क्यानभासको आइतबार विमोचन गरिएको छ ।  आइतबार वरिष्ठ गीतकार रत्न समसेर, संगीतकार दीपक जंगमलगायतका वरिष्ठ संगीत क्षेत्रका हस्तीहरूले विमोचन गरेका हुन् ।

६ वटा गीत समावेश उक्त एल्वमका सबै गीतको रचना नव तिम्सिनाले लेखेका हुन् । त्यस्तै सैबै गीतमा थापाको आवाज रहेको छ । एल्वमको शीर्ष गीत क्यानभासलार्इ न्यू बज्राचार्यले संगीत भरेका छन् ।

एल्वममा समावेस भो माया, तिम्रो प्रेममा तस्विर, तिम्रो प्रेममा र तिम्रो आँखाको भाका बोलको गीतमा गायक थापाले नै संगीत भरेका छन् । एल्वमलार्इ म्यूजिक जोयले बजारमा ल्याएको हो ।