आगामी बैशाखदेखी जनता टेलिभिजनले प्रसारण सूरु गर्ने

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-मङ्सिर १,

maxresdefault_liveआगामी बैशाखदेखी प्रसारणमा आउन लागेको जनता टेलिभिजनले सामान खरिदका लागि एक अन्तराष्ट्रिय कम्पनीसंग सम्झौता गरेको छ ।
मंगलबार टेलिभिजनको कार्यालय नयाँ बानेश्वरमा सो टेलिभिजन प्रसारक कम्पनी माईलस्टोन प्रकाशन तथा प्रसारण कम्पनीका अध्यक्ष डा. विजयकुमार पौडेल र हङकङमा मुख्य कार्यालय रहेको बिटिएल कम्पनीका नेपाल प्रतिनिधि सुमन बज्राचार्यले सामान खरिद सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार बिटिएल कम्पनीले आगामी बैशाखभित्र टेलिभिजन प्रसारण गर्ने लक्ष्यलाई सफल बनाउने गरी अन्तराष्ट्रिय मापदण्डका उपकरणहरु खरिद गर्नेछ भने माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडले करिब दश करोड रुपैयाँ बिटिएललाई उपलब्ध गराउने छ । सार्वजनिक लगानीमा आधारित भएर सुरु गर्न लागिएको टेलिभिजनमा करिब बाह् करोड लगानी गरिने अध्यक्ष पौडेलले जानकारी दिए । उनले जनताको लगानीमा टेलिभिजन स्थापना हुन लागेकोले नेपाली सञ्चार क्षेत्रमा योगदान पुग्ने आशा व्यक्त गरे ।
यसै वर्ष दर्ता भएको जनता टेलिभिजन पुर्ण रुपमा एचडी प्रविधिमा आधारित हुने छ । टेलिभिजनको प्रसारक संस्थाले दैनिक पत्रिका, अनलाईन रेडियो र टेलिभिजन सञ्चालनको समेत लक्ष्य राखेको छ ।