मकाउ लाई पराजित गर्दै एएफसी सोलिडारीटी कपमा नेपाल विजयी

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक ३०

15112016071418screenshot_4-1000x0

नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । मकाउलाई पराजित गर्दै नेपालले यू-२३ सहित उपाधिको हृयाट्रिकको साथै पहिलो महादेशीय उपाधि पनि उचालेको छ ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका छन् । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।

पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो । नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।