अशोक रावलले गरे अनेरास्ववियु केन्द्रीय कार्यालयलाई ४० थान कुर्सी सहयोग

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक ३० 
15050372_1341179452568124_2105733051_nअनेरास्ववियु केन्द्रीय कार्यलय संचालनको लागि अशोक रावलले ४० थान कुर्सी हस्तान्तरण गरेका छन । बागबजारमा रहेको कार्यालयमा आगन्तुककोलागि र बैठक संचालनकोलागी सजिलो होस् भनेर ४० थान डल्फिन ब्राण्डको कुर्सी प्रदान गरेका थिए ।
 देशको ठूलो विद्यार्थी संगठनलाई सहयोग गर्न पाउँदा खुसी लागेको रावलले आशाका किरणलाई बताएका थिए ।
अनेरास्ववियु मिनभवन क्याम्पस कमिटीका उपाध्यक्ष समेत रहेका उनको कार्यले अन्यलाई समेत प्रोत्साहित गरेको छ । युवा ब्यवसयी उनले अनेरास्ववियुकि केन्द्रिय अध्यक्ष नबिना लामालाई आज एक कार्यक्रमका बिच अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल, महेश बर्तौला र महासचिव ऐन महरको रोहबरमा कुर्सी हस्तान्तरण गरेका हुन । रावल युवा ब्यवसायी हुन् ।