गायक कृष्ण भन्छन “लाइदैन माया पिरती तिथि र मिति तोकेर”

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमान्डौ – कार्तिक ३०

aaaaaaaaaaaaaaaaaa

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर आवाजको साथमा एउटा शिखरको चिचुरोमा पुग्दैछन् एक गायक । बहु चर्चित नेपालि चलचित्र छक्का पन्जाको सुपर हिट गित “देखन चम्पा” त्यसै गरि किस्मत २ को “तिम्रो पिक्चर हिट” गित बाट नेपालि सांगीतिक आखास्मा एकाएक चर्चामा गायक कृष्ण काफ्लेले फेरी पनि आफ्नै आवाजामा रहेको नया म्युजिक भिडियो सार्बजनिक गरेका छन् । छोटो समयमा नेपाली सांगीतीक फाँट अनि चलचित्र जगतमा आफ्नो बर्सोच्व देखाउन सफल गायक काफ्लेले आफ्नै गीतमा आफैले मोडलिङ पनि गरेका छन् ।

‘लाइदैन माया पिरती तिथि र मिति तोकेर, भन्न जति सजिलो छ मिल्दैन दिन जोखेर चल्दैन जीवन यसरी मायामा हिसाब खोजेर’ बोलको गित मार्फत उनिले म्यूजिक भिडियोमा नायिका अशिष्मा नकर्मी संग अभिनय गरेका छन् । काफ्लेको आफनै स्वर रहेको यो गीतमा संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ । विक्रम सुन्दासको शब्द रहेको यस गीतको म्यूजिक भिडियो लाई निर्देशन विशाल भण्डारीले निर्देश गरेका छन्ग भने अर्जुन तिवारीको छायांकन संगै निशान घिमिरेकोको सम्पादन रहेको छ

भिडियो हेर्न तल क्लिक गरौ