सोलिडारिटी कपका लागि नेपाल मकाउसँग भिडदै

By प्रकाश धिताल     

केकेछडटकम-एल बी राई-काठमाडौं-कार्तिक २९,

15046447_779351278870901_1887536928_nदक्षिण एसियाली फुटबल प्रतियोगिता भन्दा माथि एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । मकाउलाई हराउदै माथिल्लो स्तरको प्रतियोगिता जित्ने सुन्दर अवसर नेपालले पाएको छ । नेपालले उपाधिको लागि भोलि (३० गते) मकाउसगॅ भिडदैछ । नेपालले मकाउलाई हराएर उपाधि उचालने कुरामा सबै विश्वस्त छन । नेपाल र मकाउको स्तरमा खासै फरक छैन अझ नेपाल केही बलियो देखिएको छ । नेपाल जितउनमुख सेमिफाइनल खेलमा अन्तिम  तीन मिनेट समालिन नस्क्दा खेल ट़ाइ ब्रेकरमा पुगी लाओसलाई ३-० हराउदै फाइनलमा पुगेको हो । त्यस्तै  मकाउ ब़ुनाइलाई ट्रइब़ेकरमै ४-३  गोल अन्तरले हराउदै नेपालसगॅको फाइनल भेट पक्का गरेको हो । खेल १५ नोवेम्बर अर्थात नेपाली समय अनुसार कार्तिक ३० गते मङगलबार बेलुकी ५।१५ बजे सुरू हुनेछ।खेलको लाइभ भिडियो गोलनेपाल टीभि डटकम बाट र द एएफसी हबको युटुब च्यानलबाट पनि हेर्न सकिनेछ ।