वेली डान्सर कमलाको नयाँ गीत “डार्लिङ” सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २८

15046169_1280209542023223_89667839_n

गायिका तथा नेपालकी वेली डान्सर कमला सापकोटाको नयाँ गीत डार्लिङ सार्वजनिक भएको छ । गीतको शनिबार एक कार्यक्रमका बीच गायिका जुना प्रसार्इ र प्राश्ना शाक्यले संयुक्त रूपमा सार्वजनिक गरे । यसअघि छम्मा छम्मा बोलको गीतसहित वेली डान्सबाट चर्चामा आएकी सापकोटाले डार्लिङ सार्वजनिक गरेकी हुन् । गीतको शब्द तथा संगीत पनि गायिका सापकोटाको नै रहेको छ ।

गीतको संगीत संयोजन बिकास भूजेलले गरेका हुन् भने गीतको म्यूजिक भिडियोमा कमलासँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । त्यस्तै गीतमा विज्ञान तथा दीप्सनको समेत अभिनय रहेको छ।गीतको म्यूजिक भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका छन् भने छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गीतलार्इ म्यूजिक जोयले बजारमा ल्याएको हो ।