ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल फेरी पक्राउ

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-कार्तिक २८,

cxier3nukaure7cग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहित तीन जना नेपालस्थित भारतीय दूताबास नजिकैबाट पक्राउ परेका छन् । पक्राउ पर्ने अरु दुई जनामा उमेश चन्द र एनके राउत रहेका छन् । चन्द र राउत ग्रेटर नेपालका सदस्य रहेको बताइएको छ । भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह नेपाल भ्रमणमा रहेको बेला ज्ञापनपत्र बुझाउन दूताबासमा जाँदै गर्दा उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको ग्रेटर नेपाल सम्बद नरेश भुर्तेलले जानकारी गराए । उनीहरु तीनै जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको छ । भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा पनि नेपाल कालो झण्डा देखाउन खोजेको अभियोगमा पक्राउ परेर छुटेका थिए । कालापानीमा भारतले राखेको अनाधिकृत सेना फिर्ता गरिनुपर्ने, नेपालमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने लगायतका मागपत्र बोकेर नेपाल दूताबास पुगेका थिए । दलवीर सिंह शुक्रबारदेखि नेपाल भ्रमणमा छन् ।