सुनको भाउ सस्तियो

By प्रकाश धिताल     

केकेछडटकम-काठमाडौं-कार्तिक २८,

Gold bars

नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । गत साताको शुक्रबार निर्धारण भएको भाउमा आज ९ सय रुपैयाँ घटेको हो । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि प्रति तोला ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।