महेन्द्र र सरिताको पञ्चेबाजा गीत सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २७ 

पछिल्लो समय मोडलिङका साथै नेपाली लोक गीतको क्षेत्रमा अनि गायनमा पनि सक्रिय हुदै आएका गायक तथा मोडल महेन्द्र गौतम र पछिल्लो समय चर्चामा रहन सफल गायिका सरिता कार्कीको पञ्जे बाजा धुन्न बोलको गित सार्वजनिक भएको छ ।

एकनारायण भण्डारीको शब्द तथा संगीतमा रहेको गीतमा केटी मान्छे जन्त जान हुँदैन भन्ने पुरानो रितिलाई चिर्दै भण्डारीले कस्ले भन्छ केटी मान्छे जन्त जान हुन्न भन्ने कुरामा यो गीतको शब्द भरेका हुन् । महेन्द्र गौतम र करिश्मा ढकालका साथै साथीहरूको अभिनय रहेको यो गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् ।

 भिडियो क्लिक गरौ