एन्ड्रोइड एप्स विकास सम्बन्धी कार्यशाला संचालन गर्ने

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश घिमिरे – काठमाण्डौ   कार्तिक २६ 

upasrga-featured-600x330यही मंसिर ४ गते राजधानीको बुद्धनगरमा उपसर्ग टेक्नोलोजीज द्वारा एन्ड्रोइड एप्स विकास सम्बन्धी कार्यशाला संचालन हुने भएको छ । कार्यशालामा सहभागीहरूले एन्ड्रोइड स्टूडियोको प्रयोग संगै एन्ड्रोइड एपको कोडिङ गर्न सक्ने छन । एन्ड्रोइड एप विकास क्षेत्रका सिकारू सहभागीहरूले यसबाट धेरै फाईदा लिन सक्ने उपसर्ग टेक्नोलोजीजका सिनियर एन्ड्रोइड डेभ्लपर अभिषेक लम्सालले बताएका छन ।

एन्ड्रोइड एपको दुनियामा आफ्नो करियर स्थापित गर्न चाहने युवाहरूप्रति यस कार्यशाला लक्षित रहेको उपसर्ग टेक्नोलोजिजले बताएको छ । यस कार्यशाला उपसर्ग टेक्नोलोजिजको कार्यालय बुद्धनगरमा बिहानको ११ बजेबाट सुरू हुनेछ ।