१ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

By प्रकाश धिताल     

केकेछ डटकम – काठमाण्डौ – कृष्ण ओझा बौनिया कार्तिक २५
डोटी जिल्लाको दुर्गम गाविस सातफरीया जोराघाट ४ मा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । असायका लागी सहयोगी हातहरु नेपाल दोदोधराको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा साईराम भान्जा पेलिक्लिनिकबाट १६ हजार बराबरको औषधी र डाँरेडिज,गुलुक्रस,हिमालयन,मार्क कम्पनी गरेर करीब ५५ हजारको निशुल्क औषधी वितरण गरीएको छ ।

शिविरमा एच ए लक्ष्मी पौडेलका साथै ३ जना को सहभागीता रहेको छ । सो शिविरमा करीव ४०० जनाले स्वास्थ्य परिक्षण गरेको शिविरबाट लक्ष्मी पौडेलले जानकारी दिनु भएको छ । साथै २८ गते हुने केदार पर्वलाई लक्षीत गरेर तिर्थालु हरुकालागी एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीने असायका लागी सहयोगी हातहरु नेपालका अध्यक्ष बल बहादुर विष्टले जानकारी दिनु भएको छ ।