आगामी मंसिर १० गते देखि लम्की महोत्सब २०७३ सुरु हुने

By प्रकाश धिताल     

केकेछ डटकम – काठमाण्डौ – पदम ओझा बौनिया – कार्तिक २४

15033709_1041757712603569_1415023700_n

कैलालीको लम्कीमा आगामी मंसिर १० गते देखि १९ गते सम्म लम्की महोत्सब २०७३ हुने भएको छ । लम्की चुहा ब्यवस्थित बजारको निर्माण, ब्यापार कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथमा महोत्सब हुन लागेको लम्की उद्योग वाणिज्य संघले आज लम्कीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सबमा ठुला उद्योग चारचक्के सवारी साधन, मझौला उद्योग, साना उद्योग रेस्टुराहरु, नर्सरी तथा स्टेशनरी, प्राईभेट औषधालय, कमर्सियल क श्रेणीका बैङ्कहरु, बिमा कम्पनी, बित्तीय संस्था, बिकास बैङ्क, डेरी तथा आईसक्रिम, पानी पुरी, सहकारी संस्था, सरकारी तथा गैरसरकारी संस्थाका गरी १ सय ५० स्टल रहने मुल आयोजक समितिका अध्यक्ष पदम राज चौलागाईले जानकारी दिनुभएको छ ।

उद्योग, ब्यापार, भेषभुषा र संस्कृतिलाई महोत्सबका माध्यमबाट प्रबद्र्धन गर्ने, र लम्की क्षेत्रको समग्र पक्षको बिकासका लागि नेपाल सरकार र नीजि क्षेत्रको सहभागिता गर्ने मुल उद्धेश्यका साथ हुन लागेको महोत्सबमा करिब ५० लाख आर्थिक कारोबारको लक्ष्य राखिएकोमा करिब २० लाख आम्दानी, ३० लाख खर्च र ४ लाख दर्शकले महोत्सब अवलोकन गर्ने लक्ष्य लिईएको महासचिब एबम् सांस्कृतिक समितिका संयोजक लब बहादुर शाहीले बताउनुभएको छ ।

साथै महोत्सबबाट बचत भएको रकम लम्की क्षेत्रको पर्यटन बिकासमा खर्च गरिने र लम्की उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने लक्ष्य लिईएको समेत शाहीले बताउनुभयो । लम्की उद्योग वाणिज्य संघले आज एक प्रेश बिज्ञप्ति जारी गरी सम्पुर्ण उद्योगी, व्यापारी, बद्धिजीवि, राजनैतिक दल, संघ संस्था, पत्रकार लगायत् सबै निकायमा महोत्सब सफल पार्न सहयोग गर्न समते अपिल गरेको छ ।