स्याङजामा ५ नगरपालिका र ६ गाउँपालिका सिफारिस

By प्रकाश धिताल     

syanja-10केकेछडटकम,काठमाडौं-कार्तिक २४,

स्थानीय तह पुनर्संरचना प्राविधिक जिल्ला समितिले स्याङजामा ५ नगरपालिका र ६ गाउँपालिका सिफारिस गर्ने भएको छ । प्राविधिक समिति र राजनीतिक दलबिचको लामो छलफलपछि तयार भएको पुनर्संरचनाको खाका सिफारिस गर्ने भएको हो ।

सिफारिस हुने नगरपालिकामा पुतलीबजार, भिरकोट, वालिङ, चापाकोट र गल्याङ छन् । समितिले आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले, हरिनास र कालीगण्डकी गाउँपालिका सिफारिस गर्ने भएको छ । सिफारिस हुन लागेको गल्याङ प्रस्तावित नगरपालिका हो ।

नगरपालिका तर्फ पुतलीबजारको स्याङजा बजार, भिरकोटको बयरघारी, वालिङको वालिङ, चापाकोटको सुन्तलीटार र गल्याङ्को गल्याङबजार केन्द्र तोकिएको छ । पुरानो र प्रस्तावित नगरपालिकामा गाभिने गाविसको नामावली भने छफलफको चरणमै रहेको समितिका संयोजक तथा स्थानीय विकास अधिकारी महेश भट्राईले जानकारी दिनुभयो ।

समितिले सिफारिस गर्न लागेको गाउँपालिका तर्फ आँधीखोलाको सेतिदोभान (कृषि), फेदीखोलाको फेदीखोला, अर्जुनचौपारीको अर्जुनचौपारी बजार, बिरुवा अर्चलेको बिरुवा बजार, हरिनासको ढुङेगेठाँटी वा प्यारसिङ् र कालीगण्डकीको र्मिमि केन्द्र तोकिएको छ । पुनर्संरचना आयोगले दिएको समय सीमाभित्र नगर तथा गाउँपालिका सिफारिस गर्न नसकेपनि अधिकतम राजनीतिक सहमतिमा सिफारिस गर्नेतर्फ लागेको समितिका संयोजक भट्टराईले जानकारी दिनुभयो ।

पहिलो चरणमा स्याङजालाई ८ केन्द्रमा सिमित राख्न आयोगले स्थानीय समितिलाई निर्देशन गरेको थियो । आयोगकै निर्देशन अनुरुप दोस्रो चरणमा जिल्लाबाट ११ केन्द्र सिफारिस गर्न लागिएको हो । अहिले ४ नगरपालिका र ५३ गाविस रहेको स्याङजामा प्रस्तावित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले र हरिनास गाउँपालिकामा आयोगले तोके अनुसार जनसंख्या नपुग हुनेछ । समितिले राजनीतिक दलसँगको आवश्यक परामर्शमा भौगोलिक बनावट मिलाएर भएपनि मापदण्ड पु¥याउने तयारी थालेको छ । उज्जयालो अन्लाईनबाट