आज गणेशमान सिंहको १०२ औं जन्मजयन्तीः

By प्रकाश धिताल     

ganesh-man-singhकेकेछडटकम,काठमाडौं-कार्तिक २४,

सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०२ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । विक्रम संवत् २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको सालिकमा बुधबार विहान माल्यार्पण गरिएको छ । शोभाभगवतीमा रहेको सालिकमा माल्यार्पण गरेपछि कांग्रेस नेता प्रकाशमान सिंहले स्वर्गीय सिंहको त्याग र निष्ठाका कारण नै संविधानसभाबाट नयाँ संविधान निर्माण हुन सकेको बताए । उनले सो संविधान कार्यान्वयनका लागि अब सबै दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । कांग्रेसको नेतृत्वमा संविधान बनेको भन्दै उनले त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्नुपर्ने बताए ।

कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशी, सांसद राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित, चन्द्र महर्जन, दीपक कुँइकेल, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियालगायत सहभागी थिए । गणेशमान पुत्र समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहले गणेशमान सिंह अस्पताल महालक्ष्मीस्थान ललितपुरका विरामीहरुलाई फलफूल वितरण पनि गरेका छन् ।

यसैगरी बुधबार दिउँसो १ बजे कांग्रेस जिल्ला कार्यालय ज्ञानेश्वरमा गणेशमान सिंहको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रमसमेत छ । यस्तै नेविसंघले आजै सााझ ५ बजेपछि शान्तिवाटीकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम समेत छ ।