सोनाले कसलाई भनिन – “तिम्रो मेरो सम्बन्धको के अर्थ लगाउने ?

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २४

sonaनेपाली सांगीतिक आकाशमा फरक पहिचान बनाएर चर्चाको शिखरमा पुगेकी गायीका सोना अमात्यले आफ्नो तेस्रो एल्बमबाट “तिम्रो र मेरो सम्बन्ध” गितको म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत राहुल प्रधानको तथा शब्द गायीका सोनाको रहेको छ भने उक्त भिडियोमा ईशान र गायीका सोनाको अभिनय रहेको छ । भिडियो निर्देशक प्रसन्नको निर्देशनमा बनेको म्यूजीक भिडियो प्रसन्नले नै छायांकन गरेका छन् भने हिमाल जोशीले सम्पादन गरेका हुन् । उक्त भिडियोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ ।

बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य पछीलो समयमा पाश्र्व गायनमा पनि व्यस्त छन भने विभिन्न कार्यक्रममा पनि गायीका सोनाले दर्शकको मन र माया जीत्दै आएकी छीन् । गायीका सोना अमात्यको यो भन्दा अगाडि “पल पल” गीत बाट नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुतै पहिचान र चर्चाको शिखर बनाउनु सफल भईन ।