योगेश महत र मिलन अमात्यको हाँसी हासी बजारमा (भिडियो सहित)

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक २४ 

15034423_709109072573637_625251951_o

योगशे महत र मिलन अमात्यको संयुक्त आवाजमा हाँहाँसी गीतको बोल युटुबमा सार्वजनिक भएको छ । मनोज लामिछानेको शब्द रचनामा रहेको गीत हाँसी हाँसी गीतलाई बब्बु प्रधानले संगित संयोजन गरेका छन् भने शिखर सन्तोषले अनुपम संगित भरेका छन् । प्रकाश केसीको मिक्स र मास्टरिङलाई म्यसजिक नेपालले बजारमा ल्याएको हो ।

पप विधामा समावेश गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारीसँगै पुष्प खड्का देखा परेका छन् । कर्णप्रीय आवाजमा रहेको गीत हाँसी हाँसीको छायांकन अर्जुन तिवारीले गरेका छन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई निर्देशक निकेश खड्काले मूर्तरुप दिएका हुन् ।

हेरौँ भिडियो