सुदर्शनको निर्देशनमा बिजयको ‘हे रिमै’को भिडियो सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक १९ 
म्युजिक भिडियोलाई स्व्यम सुदर्शन चापागाईले निर्देशन गरेका छन् । यस भिडीयोको सम्पूर्ण छायाङ्कन गोदावरीको सुन्दर तथा रमणिय स्थानमा गरीएको छ । भिडीयो रिलिज भईसकेको र त्यसको राम्रै प्रतिकृया आई रहेको कुरा सुदर्शनले जानकारी गराए ।

चर्चीत मोडल सुदर्शन चापागाई आजभोली निर्देशन पनि गर्न थालेका छन । आशीक राईको शब्द तथा सँगीत रहेको विजय लामाको स्वरमा सजिएको ‘हे रिमाई’ बोलको गीतमा स्मारीका थापा लगायत राजु मगर र पासाङ्ग तामाङ्गको अभिनय हेर्न पाइन्छ । यस भिडियोको छायाङ्कन राम कुमार के सीको साथै सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।

हेरौ भिडियो