आजबाट तिहार पर्व शुरू, कागको पुजा गरिँदै

By प्रकाश धिताल     

14601046_314964542207833_90130483267744397_nकेकेछडटकम, काठमाडौं- कार्तिक १२,

आजदेखि हिन्दुहरूको दोश्रो महान पर्व तिहार शुरु भएको छ । यस यमपञ्चकको पहिलो दिन शुक्रबार कागको पुजा गरी कागतिहार मनाईंदैछ ।यमपञ्चकको कात्तिककृष्ण चतुर्दशीका दिन भोली शनिवार कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन आइतवार  लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३६ र म्हपूजा (आत्मपूजा) तथा अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीयाका दिन भाइपुजा गरि यो तिहार पर्व मनाउने गरिन्छ ।

पुराणहरूका अनुसार पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम काजहरू रोकेर आफ्नी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्दछन भन्ने विश्वासका साथ यस पर्वलाई यमपञ्चक समेत भन्ने गरिन्छ ।यमपञ्चकको पहिलो दिन शुक्रबार कागको पूजाआजा गरी मीठामिठा परिकारहरू खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यता अनुसार हाम्रो समाजमा कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ ।