तेस्रो बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रथियोगीतामा आज देखि दोस्रो चरणका खेलहरु सुरु

By प्रकाश धिताल     

केकेछ डटकम -परिवार – काठमाण्डौ – पदम ओझा बौनिया कार्तिक ११
कैलालीको सडकपुर बौनियामा जारी तेस्रो बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतियोगीताको छैटो दिन आज पनि २ वटा खेल सम्पन्न भएका छन । आज भएको पहिलो चरणको अन्तिम खेलमा दिउसो १ बजे हिमालयन युवा क्लब मोतिपुरले आयोजक ए सडकपुर बौनियालाई १ का विरुद्ध २ गोल गर्दै विजयी छ ।

यो खेल समाप्ती सगै पहिलो चरणका खेलहरु पनि समाप्त भएका छन भने आजै बाट सुरु भएको दोस्रो चरणको खेलमा श्री पशुपतिनाथ टुर एण्ड ट्राभल्स लाई शुन्यका विरुद्ध १ गोल गर्दै सु प ११ विजयी भएको छ । पहिलो हाफ सम्म गोल रहित बराबरीमा रहेको अवस्थामा खेलको दोस्रो हाफको अन्तिम समयमा सु प ११ ले पेनाल्टी सुट आउट पाएको थियो । पेनाल्टी सुट आउटलाई श्री पशुपतिनाथ टुर एण्ड ट्राभल्सका गोलरक्षकले रोके पछि फर्किएको बललाई सुप ११ का बल बहादुर तामाङले जाली चुमाउदै गोल गर्न सफल भएका थिए ।

यो जित सगै सुप ११ क्वाटरपाईनलमा प्रवेश गरेको छ । यसै गरी आज पनि २ वटा खेल हुने भएका छन जसमा दिउसो १ बजे छायाक्षेत्र युवा क्लब लम्कीका विरुद्ध एपिएफ अत्तरीया र दिउसो ३ बजे ७ स्टार लम्कीका विरुद्ध महेन्द्र स्मृति युवा क्लब साडेपानी विच हुने खेल सयोजक प्रमोद मल्लले जानकारी दिनु भएको छ । प्रतियोगीतामा २० टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपया ,मेडल,प्रमाणपत्र तथा द्धितिय हुनेले ४४ हजार ,४ सय ४४ रुपया मेडल प्रमाण पत्र प्राप्त गर्नेछ । यही कात्र्तीक ६ गते देखि सुरु भएको प्रतियोगीता २० गते सम्म सञ्चालन हुनेछ ।