भारतीय राष्ट्रपति आउने दिन यी ठाउँमा गाडी चलाउन पाइनेछैन्

By प्रकाश धिताल     

केकेछडटकम, काठमाडौं – कार्तिक ११,

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला काठमाडौंमा उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ ।

भारतीय राष्ट्रपति कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । उनी आएको दिन कात्तिक १७ गते र दोस्रो दिन १८ गते गरी दुई दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले १८ वर्षपछि नेपालमा विदेशी राष्ट्राध्यक्षको भ्रमण हुन लागेको भन्दै निश्चित क्षेत्रमा ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाउने बताए । उनका अनुसार भीआईपीको सुरक्षाका लागि तीनवटा लेनमा कार्गेट गुड्ने र त्यसको बीचमा भीआईपी सवार गाडी गुड्ने भएकाले बाटो खाली गराउन लागिएको र यसका लागि सार्वजनिक सूचना समेत जारी गरिनेछ ।

यी ठाउँमा चलाउन पाइनेछैन् गाडी:

काठमाडौंका पूर्वी  क्षेत्र: एयरपोर्ट,पिङ्गलास्थान गौशला चावहिल र वौद्ध

काठमाडौंका उत्तरी क्षेत्र : सुकेधारा, धुम्बाराही, नारायणगोपाल चोक र महाराजगञ्ज

काठमाडौंका दक्षिणी क्षेत्र :सानेपा, बल्खु, किर्तीपुर

काठमाडौंका पश्चिम क्षेत्र : नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर र कालिमाटी