भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा

By प्रकाश धिताल     

केकेछडटकम, काठमाडौं – कार्तिक ११,

कत्तिक १७ गते सरकारले सार्वजनिक विदा दिने भएको छ । आजको बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । यो दिन सरकारले सार्वजनिक विदा दिने छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लागिसकेको छैन ।