सगुनले खुलाउँदैछ २ अर्बको मिनी आइपिओ

By प्रकाश धिताल     

resize_imageकेकेछडटकम, काठमाडौं-कार्तिक १०,

सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर  जुटाउने तयारी गरेको हो। यसका लागि लगानी खुल्ला भएका बिश्वभरका देशहरुबाट सेयर खरिद गर्न सकिनेछ । यो मिनि-आईपिओ बैङकरोल भेन्चर मार्फत गरिदैँ आएको छ। बैङकरोल भेन्चर अमेरिकी वित्तीय उद्योग नियमन प्राधिकरणबाट प्रमाणित संस्था रहेको कम्पनीले जनाएकोछ ।