रबिनको “तिमी भन्छौं”को भिडियो सार्वजनिक

By प्रकाश धिताल     

केकेछ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक ०९ 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली म्युजिक भिडियो छायांकनको क्रम बड्दो छ । यहि क्रमममा जिन्दगीका विभिन्न रङ्गहरुलाई सकारात्मक तरिकाले प्रस्तुत गरिएको प्रमोद खरेलको आवाजमा रहेको “तिमी भन्छौ “बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । दुबईका विभिन्न रमणीय स्थानहरुमा भिडियोको छायांकन गरिएको छ । सन्तोष श्रेष्ठको सुमधुर संगीत रहेको गीतको भिडियोमा रमेश क्षितिजको उत्कृष्ट शव्द रहेको छ ।

लामो समय देखि प्रवासमा रहेर पनि नेपाली म्युजिक भिडियोमा ब्यस्त रहेका मोडल रबिन कठायत र मन्जु बस्यालको उत्कृस्ट अभिनय लाइ हेर्न सकिन्छ । भिडियोलाई देवराज भण्डारीले छायांकन गर्नु भएकोछ भने देवा हिताङ्गेले निर्देशन गर्नु भएको छ । यसै गरि भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गर्नु भएकोे छ भने गोल्डेन कृयसनले भिडियोको बजार ब्यवस्थापन गरेको छ ।

हेरौ यो भिडियो