‘सेतिदोभान–काठमाडौं सम्पर्क मञ्च’को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

14647237_1106799606036655_1657307655_o 14803282_1106796672703615_1929414065_oकेकेछडटकम परिवार, काठमाडौं-कार्तिक ७,

सेतिदोभान–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंको नयाँ वानेश्वर स्थित होटल अर्यालमा  ‘दशैं–तिहार शुभकामना आदान– प्रदान कार्यक्रम’ सम्पन्न गरेयो ।  मञ्च स्याङ्जा जिल्लाको सेतिदोभान गाविस सम्बन्धित रहेर हाल राजधानी काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा संलग्नहरुको एकमात्र अराजनितिक संस्थाको रुपमा चिनिन्छ । कार्यक्रममा डेढ दशकभन्दा बढीको लामो इतिहास बोकेको संस्था विभिन्न कठिनाइका कारण सुस्ताउँदै गएकोमा अब नयाँ जोश र जाँगरका साथ संस्थालाई अघि बढाउने प्रतिबद्धता संस्थाका पदाधिकारीले व्यक्त गरे ।

विभिन्न समस्याले हाल संस्थाले सोचेजसरी र लक्ष्यअनुरुप काम गर्न नसकेको अवस्था छ । तर, अब संस्थालाई नयाँ जोश र जाँगरका साथ सक्रिय बढाउँदै काठमाडौंमा रहेका सेतिदोभानबासीहरुको हित र सेतिदोभानको बिकासमा लाग्नेछौं,’ संस्थाका अध्यक्ष रामकृष्ण शर्माले भने । शर्माले संस्था आर्थिक अभाव तथा धेरैको वेवास्ताको साथ-साथै आफ्नो कार्यकालमा आफुले पनि केही गर्न नसकेको कारणले  समेत जति सक्रिय हुनुपर्ने हो त्यति सक्रिय हुन नसकेको बताए ।‘अब भने संस्थालाई अगाडि बढाउन आगामी पुषभित्रै साधारणसभा गरी नयाँ कायर्समिति चुन्ने तथा संस्थालाई विभिन्न कार्यक्रम गरी अघि बढाउँछौं,’ शर्माले बताए । कार्यक्रममा आफ्नो मन्तब्य राख्दैं संस्थाका आजीवन सदस्य मीनबहादुर पौडेल क्षत्रीले संस्था सबैको साझा भएको र सेतिदोभानबासीहरुबीच विशुद्ध मित्रता, भातृत्व र सहयोग अभिवृद्धिको लक्ष्य भएकाले सबैले उत्तिकै योगदान गर्नुपर्ने बताए ।

‘सबैको व्यस्त समयबीच पनि सबैले स्वंयसेवी भावनाले काम गर्न सके संस्थाले निकै राम्रो काम गर्न सक्छ’, पौडेलले भने । कार्यक्रममा आफ्नो धारणा राख्दै संस्थाका आजीवन सदस्य रामकाजी केसीले संस्थालाई अहिलेको ढंगले नभई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए । ‘यसरी संस्था अघि बढन सकदैन, अब नयाँ ढंगले अघि बढनैपर्छ’, केसीले भने ।कार्यक्रममा संस्था स्थापनाको अवधारणाकार तथा पूर्वअध्यक्ष नारायण प्रसाद पौड्यालले संस्थाले सबैलाई जोडन मद्दत पुर्याएको बताए । ‘संस्था अहिले केही सुस्ताएको छ । तर, यसको औचित्य भने थप फराकिलो भएको छ । आफ्नो थलो छाडेर काठमाडौंमा रहेका सबैले संस्थालाई माया गर्न सके यसले आफ्नो वास्तविक लक्ष्य पूरा गर्न सक्छ । हामी एकापसामा एकाअर्काको दुखमा सहयोगी बन्न सकछौं,’पौड्यालले भने । पौड्यालले सानै भएपनि संस्थाले विगतमा सेतिदोभान क्षेत्रमा विभिन्न सामाजिक काम गरेको उदाहरण प्रस्तुत गर्दै संस्थाको अवधारणा विकासदेखि नै आफु सक्रिय रहेको बताउँदै सबै कमीकमजोरीको जिम्मेवारी लिन तयार रहेको समेत बताए । साथै, संस्था आफुहरुको अवधारणाबाट बिकसित भएको हुनाले संस्थालाई थप सकृय बनाउन आफुले जस्तो सुकै मुल्य चुकाएर भए पनि संस्थालाई पुन सकृय बनाउने धाराणा अर्का पूर्वअध्यक्ष  भरतराज शर्माले बताए ।

यसैबीच कार्यक्रममा संस्थाको आर्थिक अभावलाई सल्ट्याउँदै संस्थालाई अघि बढाउन सहभागीहरुले स्वेच्छिक सहयोग प्रदान गरेका थिए । सो अन्र्तगत कार्यक्रमस्थलमै ३२ हजार ५ सय रुपैयाँ सहेयोग राशि संकलन भएको छ । संकलित रकम संस्थाको नवीकरण तथा अन्य विभिन्न् कार्यमा खर्च गरी संस्थालाई गतिशिल बनाइने अध्यक्ष शर्माले जानकारी दिए । कार्यक्रममा काठमाडौंमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न ३५ भन्दा बढी प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन संस्थाका सचिव राजेश शर्माले गरेका थिए ।