सुमी चाम्लिङ्ग राईकोको लोक (पुर्बेली भाका ) लासमा लास गीतको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केकेछ डटकम परिवार – काठमाण्डौ – कार्तिक ०६ 

नेपाली सांगीतिक बजारमा नया नया गित संगीतका साथ साथै नया एल्बम पनि बजारमा आउने गर्छन ।  यसै क्रममा लासमा लास नामक एल्बम पनि बजारमा आएको छ । यहि नया एल्बम लासमा लासमा समाबेश गरिएको सुमी चाम्लिङ्ग राईकोको आवाजमा रहेको नेपाली लोक (पुर्बेली भाका ) लासमा लास बोलको गितको म्युजिक भिडियो पनि भर्खरै मात्रमा बजारमा सार्बजनिक भएको छ ।

डी पी खनालको शब्द अनि राजन राज शिवाकोटीको संगीत र सहस शाक्यको यो गीतमा एरेन्ज रहेको छ । चर्चित मोडेल पार्वती राई अनि ह्यारी योन्जनको यो भिडियोमा अभिनय रहेको छ ।  भिडियोमा अर्जुन तिवारीको छायांकन निशान घिमिरेको सम्पादन रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।

हेरौ भिडियो