इमाडोलमा मिथेन ग्यासकाे उत्पादन सुरु हुँदै

By प्रकाश धिताल     

gasकेकेछडटकम परिवार, काठमाडौं – कार्तिक ५,

ललितपुरको इमाडोलमा रहेको भनिएको मिथेन(प्राकृतिक ग्यास) उत्पादनको काम आजदेखि सुरु हुने भएको छ। आज दिउँसो उद्योग मन्त्री नविन्द्रराज जोशीले उक्त ग्यास उत्पादनको औपचारिक सुरुवात गर्ने उद्योग मन्त्रालयले जानकारी दिएको छ । खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न २ वर्ष लगाएर  ड्रिलिङको काम सकाएपछि उक्त प्राकृतिक ग्यासको औपचारिकरुपमा उत्पादन सुरु हुने भएको हो ।

विभागले इमाडोलसँगै उपत्यकाका १४ स्थानबाट ग्यास उत्पादन गर्न सकिने निष्कर्श निकालेको छ। इमाडोलको परीक्षणले सफलता पाएपछि अन्य स्थानमा पनि यसरी नै तदारुकताका साथ लागिपर्ने विभागले जानकारी दिएको छ। गत वर्ष भारतले नाकाबन्दी लगाएको समयमा इन्धनको चरम अभाव भएकोबेला पाइलपलाइनबाट ग्यास वितरण गर्ने बताएका थिए। तत्कालिन प्रधानमन्त्री वलीले यस्तै प्राकृतिक ग्यास उत्पादन गरेर पाइपलाइनबाट वितरण गरिने प्रष्ट पारेका थिए। उनको उक्त भनाइको चर्को आलोचना पनि भएको थियो। उत्खनन गरिएको ग्यास भण्डारणका लागि प्लान्ट राख्न मेसिन जडान गरेर ग्यास च्याम्बर बनाउने काम गरिएको विभागले जानकारी दिएको छ।