सनमको “जून तारा” सार्वजनिक

By प्रकाश धिताल     

केके छ डटकम – प्रकाश धिताल – काठमाण्डौ – कार्तिक ०४ 

14805599_1421218694574920_630242354_n

डेउडा क्षेत्रबाट पछिल्लो समय नेपालि सांगीतिक क्षेत्रमा अब्बल देखिदै आएका युवा पुस्ताका सकृय अनि सुरिलो आवाजका धनि हुन् डोटीका सबिर ऎर । गित संगीतमा उनै सम्भावनाका रुपमा देखिएका डोटीका सबिर ऎरको आफ्नो पहिलो गीत “मेरो जुन संगै छ “ को उत्कृष्ट म्युजिक भिडियो बजारमा आएको छ ।

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत अनि राधिका अधिकारिको शब्दमा उक्त गीत तयार भएको छ पछिल्लो समयका बहु चर्चित मोडेल सनम कठायतको उपस्थितिको कारण भिडियो राम्रो मानिएको छ । भिडियोमा सनम संगै कुसुम राईको अभिनय रहेको छ ।

भिडियोमा जनक सिंहको निर्देशन रहेको छ भने उत्सव दाहालको छायांकन संगै टेकेन्द्र शाहको सम्पादनरहेको छ । परुधन ऎरको प्रस्तुति रहेको गीतलाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ यो नया म्युजिक भिडियो