तेस्रो बरदगोरीया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतीयोगिता २०७३ को तयारी अन्तीम चरणमा

By प्रकाश धिताल     

केके छ डटकम – प्रकाश धिताल – काठमाण्डौ – पदम ओझा – कैलाली – कार्तिक ०३ 

14741619_1020045064774834_1918930891_n

कैलालीको मध्यवर्ती क्षेत्रमा पर्ने दोदोधरा गावीस को सडकपुर बौनिया युवा क्लबले बिगतका वर्ष जस्तै यस बर्ष पनि गर्न गैरहेको तेस्रो बरदगोरीया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतीयोगिता २०७३ को तयारी अन्तीम चरणमा पुगेको आयोजक सडकपुर बौनिया युवा क्लबका सचिव एवम प्रतियोगीताका मैदान व्यवस्थापन समितीका संयोजक धिरज साहिले हामिलाई जानकारी दिनु भयको छ । कात्तिक ६ गते देखि २० गते सम्म संचालन हुने प्रतीयोगितामा सुदुर र मध्यपश्चिम बिकास क्षेत्रका साथै बिभागीय र भारतका केहि टीम सहित करीब २५ बटा को हाराहारीमा टिमहरुको सहभागीता रहने प्रतीयोगिताका संयोजक प्रमोद मल्लले हामिसंगको कुराकानीमा बताउनु भयो ।
प्रतियोगीता लाई सफल पार्न स्थानीय देखी छिमेकी बजार हरुका व्यवसायीहरुले समेत प्रतियोगीता संचालानर्थ प्रायोजन गरी साथ दिने प्रतिबद्धता जनाईसकेको र आर्थीक संकलन बाट आफुहरु सन्तुष्ट रहको प्रतियोगीता का आर्थिक संयोजक डम्मर ठकुल्लाले बताउनु भयो । तेश्रो संस्करणको रुपमा हुन गैरहेको प्रतियोगीता लाई करीब १ लाख भन्दा बढि र्दसकहरुले अवलोकन गर्न अपेक्ष आफुहरुले गरेको र त्यसै अनुसार प्रचार प्रसारलाई समेत तिब्रता दिईरहेको प्रचार प्रसार समितीका सदस्य पदम ओझाले जानकारी दिनु भयो । जसका लागी पम्पलेट्टिग ,रेडीयो,टेलीभिजन र पत्र पत्रिका लगायतका संचार माध्यमहरुमा ब्यापक मात्रामा प्रचार प्रसार भैरहेको र अब प्रतियोगीता सुरु हुन केहि दिन मात्र बाकि रहेकाले यसले अझ बढि चर्चा पाउने उहाले जानकारी दिनुभयो । ६ गते हुने उद्घाटन कार्यक्रममा चर्चीत आधुनिक गायक भरत ताम्राकार ,लोक तथा दोहोरी गायक हेमराज थापा र राजेन्द्र बिष्ट का साथै मोडल नरेज जोगीको बेजोड प्रस्तुती रहने सडकपुर बौनिया युवा क्लबका अध्यक्ष्य प्रकास साउदले जानकारी दिनुभयो ।