७२ बर्षका चन्द्रविर वलीले एक्लै दुइ किलोमिटर बाटो निर्माण गरे

By प्रकाश धिताल     

14606357_1379112378788218_6691474047869875787_nकेकेछडटकम परिवार, काठमाडौं- कार्तिक ३,

७२ बर्षका चन्द्रविर वलीले एक बर्ष लगाएर एक्लै पहाड फोडेर झण्डै दुइ किलोमिटर बाटो निर्माण गरे।उनलाई बाटो निर्माण गरुन्जेल गाउँका एक जना(जंगबहादुर वली)बाहेक कसैले सघाएनन् ।तर, अहिले गाउँलेहरु सहर–बजार धाउन त्यही बाटो प्रयोग गर्छन् ।गोरेटो बाटो समेत नभएको ठाउँमा सजीलै हिड्न सक्ने बाटो बनाए पछि त्यहाँका स्थानियहरु अहिले खुशी भएका छन् ।

‘बुढो भइगो, अब कति बाँचिएलार हुजुर ! म मरे पनि मेरा अन्धाअन्धी श्रीमति र छोराहरु, मैले खनेको बाटो छामेर गाउँ र तल बाटो सम्म जानआउन सकुन भनेर बाटो खनेको हुँ,वलीले भने ।विहानीको मिरमिरे उज्यालो भए देखि साँझ झुसमुस नहुँदासम्म उनी अन्कन्टार जंगलमा बाटो खनिरहन्छन् ।
आर्थिक रुपले निकै कम्जोर उनको दृष्टिविहिन परिवारले वेलामौकामा विभिन्न व्यक्तिले दिनेको गरेको सहयोगले भोको पेट भर्दै आएका छन् । वलीका दृष्टिविहिन छोराहरु केहि समय यता सहरबजारका सडकमा गीत गाएर संकलन भएको रकमले जीवन धान्छन् ।

(Routine of Nepal Banda Facebook Page)