कोसेली एफएमको बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

केके छ डटकम परिवार –काठमाण्डौ – पदम ओझा  कैलाली  -कार्तिक ०१ 

14699822_1019219248190749_617451256_n नेपालको सबिधान बिश्व उत्कृष्ट सबिधान भएकोले यसको कार्यान्वयन हुन नदिन देश बिदेशी तत्वहरुको चलखेल भईरहेको अनुगमन तथा सुशासन बिकास समितिका सभापति एवम् क्षेत्र नं.२ का सांसद मोहन सिह राठौरले बताउनु भएको छ ।  आज कोसेली एफ एम ९७ मेगाहर्जको आयोजनामा कैलालीको सडकपुर बौनियामा रहेको होटेल हाईवे प्लाजाको सेमिनार हलमा बौनिया क्षेत्रको बिकासका सम्भावनामा हाम्रो भूमिका विषयक अन्तक्र्रिया उहाले सो कुरा बताउनुभएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै अनुगमन तथा सुशासन बिकास समितिका सभापति राठौरले बौनिया क्षेत्रको बिकासको सम्भावनाको रुपमा सेती लोकमार्ग रहेको समेत बताउनुभयो । अबको डेढ महिनामा स्थानीय निकायको प्रदेश र प्रतिनिधि सभाको निर्बाचन समयमै गर्नका लागि सबैदलले स्थानीय देखि केन्द्र सम्म सुशासन कायम भए मात्र देशमा सबिधान कार्यान्वयन हुन सक्ने तर्क गर्नुभयो । बिगतका वर्षमा सडपुर बौनिया बजार ब्यवस्थापन समितिले आयोजना गरेको बर्दगोरिया धार्मिक पहिचान तथा सेतीलोक मार्ग निर्माण महोत्सबको स्मरण र चर्चा गर्दे उहा“ले महोत्सवबाट दिईएको २ बुदे मागपत्रको आफूले आत्मा साथ गरेको र चुनाबी घोषणा पत्रमै उक्त कुरा उल्लेख भएकाले माग पूरा हुनेमा बिश्वस्त रहन सबैमा आग्रह गर्नुभयो ।

सांसद राठौरले बौनिया क्षेत्रमा रहेका उद्योग धन्दाको बिकास हु“दा रोजगारीको अवसरको खोजिमा बिदेश पलाएन हुने लाखौ यूवाहरुलाई आफनै क्षेत्रमा रोजगारी दिन सकिने, नया–नया उद्योग धन्दा र रुग्न अवस्थामा रहेका उद्योगहरुलाई सञ्चालन गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने दाबी गर्नुभयो । उहाले यसका लागि नीजि स्तरबाट सञ्चालन हुने उद्योग धन्दाको महत्वका विषयमा बासुलिङ्ग सुगरमिलको सञ्चालन, शैक्षिक स्तर उन्नतीको रुपमा संस्थागत र सामूदायिक बिद्यालयको बिकास कार्यमा पहल भैरहेको समेत बताउनु भयो ।
कार्यक्रममा सांसद राठौरले नीजि क्षेत्रबाट हुने बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रको बिकास र पूर्वाधार निर्माण गर्ने, बजार ब्यवस्थापन पहिचान गर्ने, नीजि क्षेत्रबाट आउने उद्योगहरुमा लगानी मैत्री बनाउने लगायत्का विषयमा सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले दक्षिण देखि उत्तरी सीमाना सम्म जोड्ने सेती लोकमार्गले भविष्यको राम्रो सम्भावना बोकेको र यो बिकासको मोडेल र प्रक्रियामा जटिल राष्ट्रिय गौरबको योजना भएकाले यसको योजनामा कुनै फेरबदल नहुने, बिकास निर्माण प्रक्रियामा ढिलो चाडो भएपनि योजना सम्पन हुने बताउनु भयो ।

कैलाली उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष एवम् कोसेली एफएमका अध्यक्ष कर्ण कुवरको सभापतित्वमा भएको कार्यक्रममा अनुगमन तथा सुशासन बिकास समितिका सभापति एवम् क्षेत्र नं.२ का सांसद मोहन सिह राठौर प्रमुख अतिथि रहनु भएको थियो । बिशिष्ट अतिथिमा सडकपुर बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार रहनुभएको थियो ।
कैलाली उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष एवम् कोसेली एफएमका अध्यक्ष कर्ण कुवरको सभापतित्वमा भएको कार्यक्रममा अनुगमन तथा सुशासन बिकास समितिका सभापति एवम् क्षेत्र नं.२ का सांसद मोहन सिह राठौर प्रमुख अतिथि रहनु भएको थियो । बिशिष्ट अतिथिमा सडकपुर बौनिया बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका दोदोधरा सभापति गणेश शाही, नेकपा एमालेका दोदोधरा अध्यक्ष जयरुप खतिवडा, नेकपा माओबादी केन्द्रका दोदोधरा ईन्चार्ज राम बहादुर साउद, नेकपा माओबादी विप्लपका जिल्ला कमिटी सदष्य अमर बम, राष्टिय जनमोर्चाका जिल्ला सदष्य मिलन शाही, नया शक्ति नेपालका लाल बहादुर चौधरी, पूर्व जिल्ला बिकास समिति सदष्य नैन बहादुर खड्का, पूर्व प्रधान पञ्च उपेन्द्र बम, कैलाली होटेल ब्यावसाय संघका जिल्ला सदस्य टेक बहादुर थापा, यूवा संघ नेपाल केन्द्रय सदष्य नेत्र भण्डारी, बौनिया जेसिजका उपाध्यक्ष रवि जनाला, सडकपुर बौनिया यूवा क्लबका उपाध्यक्ष जिवन बिसी, दलित अगुवा कर्ण सुनार, बौनिया खानेपानीका तथा सरसफाई समितिका पूर्व अध्यक्ष नवराज कुवर, सुर्खेतको लगाम गाविस पूर्व अध्यक्ष एटम बम, नेपाल रेडक्रस दोदोधरा सभापति लक्ष्मीराज जैसी, समाधान न्यूज दैनिकका सम्पादक, छबिलाल जैसी, महिला प्रतिनिधि साबित्रा सापकोटा, लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियो । कोसेली एफएमका समाचार प्रमुख गोबिन्द बीसीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर लिलाराज खत्रीले गर्नुभएको थियो ।