इन्टरनेटमा धूम मच्चाउँदै कालो वर्णकी मोडेल

By प्रकाश धिताल     

केके छ डटकम परिवार – काठमाडौं – कार्तिक १ 

black-model2

कालो वर्ण भएकी एकजना सेलेगलिज मोडेलले आजकल इन्टरनेटमा धूम मच्चाइहेकी छिन् । यिनले सुन्दरताको परिभाषा नै बदलिदिएकी छिन् । गोरोलाई राम्रो र कालोलाई नराम्रो भन्ने आम धारणा यिनले भत्काइदिएकी छिन् । यिनको जादुमयी रुपले जोकोही पनि आयलकायल हुन्छ । यिनको मुस्कानले जो कोहीलाई पारखी बनाइदिन्छ ।

यी अश्वेत मोडेलको नाम हो क्लाउडिया डिओप । कलर्ड गर्ल अभियानका लागि फोटोशूट गराएसँगै क्लाउडिया विश्वभर चर्चामा आइन् ।मेलानिन गडेसका नामले चर्चित क्लाउडियालाई डार्की, रातकी छोरी, ताराकी आमा जस्ता उपनामले पनि चिनिन्छ ।