आज अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस

By प्रकाश धिताल     

केकेछ डटकम – परिवार – काठमाण्डौ – कार्तिक ०१ 

poorअन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ वाट प्रत्येक वर्ष अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।

“अपमान र बहिष्कारबाट सहभागितातर्फ समग्र रुपमा गरिबिको अन्त्य” भन्ने नारा सहित नेपालमा पनि यो दिवस मनाइदैछ । राष्ट्रसंघले दैनिक २ डलरभन्दा कम आम्दानी भएका मानिसलाई गरिवको सूचीमा राखेको छ । सन् २०१६ देखि ३० सम्म विश्वव्यापी बिकास लक्ष्यका रुपमा विश्वबाट गरिबी निवारण गर्ने संयुक्त राष्ट्रसंघको दिगो बिकास लक्ष्य अनुरुप नेपालले पनि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा अझै पनि २१ दशमलब ६ प्रतिशत नेपाली निरपेक्ष गरिवीको रेखामुनि रहेको सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

दिवसका अवसरमा शुभकामना दिदै सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले गरिवसंग सरकार भन्ने भनाइलाई यथार्थमै रुपान्तरणका लागि राजनीतिक स्थिरतासंगै बिकास प्रयासमाा दीर्घकालिन राजनितिक सहमती समेत आवश्यक रहेको र सो कार्यमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघद्धारा परिभाषित अति कम विकसित मुलुकको दर्जाबाट नेपाललाई सन् २०२२ सम्ममा विकसिशील राष्ट्रमा स्तरोन्नति गर्ने गरी सरकारले लिएको दीर्घकालिन सोच प्राप्त गर्न वर्तमान सुस्त आर्थिक वृद्धिलाई उच्च दिगो र फराकिलो बनाउन आवश्यक रहेको उहाँको भनाई छ । विश्वमा तीन अर्ब मानिस गरिवीको रेखामुनि रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । समावेशी विकास र भरपर्दो जीवनयापनका श्रोतहरु नै गरिबी निवारणका प्रथम मापदण्ड भएको विज्ञहरु बताउँछन् ।