डबलले कस्लैई भने “तिमीबिना मर्छु होला” (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डटकम परिवार -प्रकाश धिताल काठमाण्डौ – पदम ओझा बौनिया -कैलाली  – असोज २७ 

14699961_1015711011874906_1958583688_nकैलालीको सुन्दरपुरका डबल बमको पहिलो सांगीतिक कोसेली “तिमीबिना मर्छु होला फुल्न नपाई झर्छु होलाको” म्युजिक भिडियो सार्बजनिक भएको छ । खगेन्द्र साउदको आवाजमा सजिएको गीतमा डबल बमको शब्द रहेको छ भने रोशन राज गुरुङको संगीत रहेको गित लाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् । छायांकन स्थलमा भेटीएका गायक खगेन्द्रले गाउदा जति मेहेनत गरि गाईएको थियो गित त्यस्तै मेहेनत म्युजिक भिडियोमा भएको बताएका छन् ।

अनु शाह अनि बासु देब धिक्तको ससक्त अभिनय रहेको भिडियो लाई रणधिर श्रेष्ठजीको टिमले छायांकन गरेको हो । आफुले गित सुनेर गीत सुने पछि मन परेर आफुले भ्याए सम्म अभिनय गरेको र विस्वास छ सम्पूर्णले भिडियोलाई हेरेर मन पराई दिनुहुने छ भन्ने कुरा व्यक्त गरेका छन् मोडेल देब धिक्तले । यो गीतको भिडियोलाई मिराज विक्रम सिहले निर्देशन गरेका हुन् । यसै गरि विभिन्न कलेजमा अध्यापन गराई रहेका बम तिहार पछि अर्को गित निकाल्ने तयारीमा पनि जुटिरहेका छन ।

हेरौ यो म्युजिक  भिडियो